सामुदायिक सेवा केन्द्रको बनभोज कार्यक्रम सम्पन्न

पोखरा २८ पुस/सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकले आजिवन तथा साधारण सदस्यहरु सहितको बनभोज तथा सामुदायिक सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष चिरञ्जिवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पश्चिम क्षेत्रिय शसस्त्र प्रहरी गण मुख्यालय पोखराका एस पी मनोज न्यौपानेले सामुदायिक सम्बन्धी विषयमा अभिमुखिकरण गर्दै समुदाय संग मिलेर प्रहरीले उल्लेख्य काम गरेको वताए । उनले भने समुदायको हितको लागी सामुदायिक सेवा केन्द्रहरुले पोखरामा उल्लेख्य काम गरिरहेका छन आगामी दिनमा पनि यसलाइ निरन्तरता दिनु पर्दछ ।

कार्यक्रममा कास्की प्रहरी प्रमुख एस पी शैलेस थापा क्षेत्री, सामुदायिक प्रहरी समन्वय समिति कास्कीका अध्यक्ष लाल वहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष विष्णुमाया श्रेष्ठ , सामुदायिक प्रहरी सेवा केन्द्र बैदामकी अध्यक्ष पम्फा पहारी, सामुदायिक प्रहरी सेवा केन्द्र बगरका सचिव गिरी प्रसाद गुरुङ्ग, पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बिन्दुकुमार थापा, बैदाम प्रहरी प्रमुख झबिन्द्र भट्टराइ , प्रहरी नायव निरीक्षक तथा सस्थाका इन्चार्ज शारदा कुमारी कार्की, सहारा क्लवका महासचिव केशववहादुर थापा लगाएतले वोलेका थिए ।

कमेन्टहरु
Loading...