सामाजिक सञ्जाल , पत्रपत्रिका र अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम

काठमाडौं, २८ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र वामदेव गौतमको सांसद बन्ने इच्छाका कारण उत्पन्न विवाद अन्त्य हुने अवस्थामा पुगेको छ । तर, गौतमले यो विवादलाई अन्त्य गर्न चाहेका छैनन् ।स्रोतका अनुसार गौतमले आफूलाई पार्टीभित्र असहयोग भएका कारण समस्या आएको बताउन थालेका छन् । ललितपुरको भैँसेपाटीस्थित निवासामा आफूलाई भेट्न आउने नेता तथा कार्यकर्तासँग गौतमले पूर्वएमालेभित्रका नेताहरूले काठमाडौं ७ मा उम्मेदवार बन्न रोकेको बताउने गरेका छन् ।

             ‘वामदेव गौतमज्यू पूर्वएमालेका नेताहरूसँग आक्रोशित हुनुहुन्छ’, गौतमलाई निवासमा भेट्न पुगेका एकजना युवा नेताले भने, ‘सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो ।’ पूर्वएमालेप्रति आक्रामक देखिएका नेता गौतम पूर्वमाओवादी केन्द्रका नेताहरूसँग भने लचक देखिएका छन् । माओवादी नेताहरूले आफूलाई सहयोग गरेको उनको बुझाइ छ ।

कमेन्टहरु
Loading...