साना किसान सहकारीको आठौँ वार्षिक साधारण सभा सम्पन्न

पोखरा–२९,पौष/ महिलाहरुद्धारा सञ्चालित साना किसान कृषि सहकारी सँस्था लिमिटेड सराङ्गकोटको आठौँ वार्षिक साधारण–सभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै साना किसान बैंकका अध्यक्ष खेम बहादुर थापाले सहकारीलाई दिगो र दरिलो बनाउन शेयर सदस्य सक्रिय रुपमा लाग्नुपर्ने बताए । उनले साना किसान सहकारीका शेयर सदस्य सक्रिय रुपमा लागेको भन्दै प्रशंसा गरे ।

सहकारी नेपालमै उत्कृष्ट सहकारी भएको भन्दै थापाले प्राप्त अवसरलाई सदुपयोग गर्न पनि सबैलाई आग्रह गरे । सोही अवसरमा गाविस सचिव विष्णु पौडेलले महिलासँग समन्वय गरेर गाविसमा विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जाहेर गरे ।
सहकारीका अध्यक्ष शारदा अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा रण बहादुर थापा, राज शर्मा तिमिल्सिना, झपट बहादुर थापा, राम बहादुर थापा, शम्शेर बहादुर थापा, विशाल कुमार तुलाधर, पवित्रा कोइराला लगायतका वक्ताहरुले सहकारीको महत्वको बारेमा चर्चा गरेका थिए । सभामा सहकारीका प्रबन्धक इन्द्र कुमारी थापाले सँस्थाको प्रतिवेदन पेश गरेकी थिइन् भने उत्कृष्ट ११ जना किसानहरुलाई नगद ५ सय रुपैयाले सम्मान गरेका थिए ।

कमेन्टहरु
Loading...