सराङ्कोट फोरडेज हस्तकला महोत्सव

पोखरा, २९ पौष/नेपालका लागि आत्मनिर्भर सराङकोट फोरडेज सहयोग कार्यक्रमको आयोजनामा एक दिने सराङ्कोट फोरडेज हस्तकला महोत्सव कास्कीको सराङ्गकोटमा सम्पन्न भएको छ । सराङकोटको ग्रामीण हस्तकला विकासको लागि सहभागी भई सहयोग गराँै भन्ने मूल नाराका साथ भएको महोत्सवको उद्घाटन जापानमा रहेको फोरडेजका अध्यक्ष केसिको वाडाले गनिन् ।

वाडाले आफूहरुको सहयोग निरन्तर रहने बताइन् । सराङकोटको मणिज्योति निम्न माध्यमिक विद्यालय गोठादीमा भएको कार्यक्रममा विभिन्न सास्कृतीक कार्यक्रम समेत सन्चालन भएका थिए । जापानको फोरडेज कम्पनीले सामाजीक सेवा अन्तरगतको सहयोग सराङकोटमा फोरडेज रेष्टुरेण्ट सन्चालन हुदै आएको छ । रेष्टुरेण्टबाट आएको आम्दानीबाट मणिज्योति निम्न माध्यमिक विद्यालयमा अग्रेजी माध्यम पढाइका लागी दुई जना शिक्षकलाई प्रदान गर्दै आएको छ ।

सँस्थाका कार्यवहाक अध्यक्ष शान्तराज बतासको सभापतित्वमा भएको महोत्सवमा गाविस सचिव विष्णु पौडेल, नेपाल पर्यटन परिषदका सदस्य टिकाराम सापकोटा, सूर्य श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभियन बहादुर बानीया लगायतका वक्ताहरुले सहयोगले महिलाहरुमा ठुलो परिर्वन आएको बताएका थिए भने बालबालिकाले पढ्ने वातावण बनेको बताएका थिए ।

विद्यालयमा करिब ८५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । फोरडेज कम्पनीको सहयोगमा स्थानीय करिब १ सय जना महिलाहरुले सिपमुलक तालिम दिएका छन् । तालिम पछि महिलाहरुले सानो किरिङ, व्याग, स्कुले व्याग, पेन्सील व्याग लगाएका व्याग बनाइ आय आर्जन गर्दै आएका छन् । सराङ्कोट फोरडेज हस्तकला महोत्सव अवलोकनका लागि जापानबाट करिब १ सय जना आएका छन् ।

कमेन्टहरु
Loading...