सबाल्टर्नका पक्षमा केही वकालत नगर्ने पनि के बुद्धिजीवि ः डा. श्रेष्ठ

पोखरा, ३० मङ्सिर/सीमान्तकृत वर्गका पक्षमा केही पनि नबोल्ने बुद्धिजीविलाई बुद्धिजीवि भन्न नहुने पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । ‘पढौं र ज्ञान बाँडौं’ भन्ने नारासहित पोखरामा अध्ययन संस्कृतिको विकासका लागि क्रियाशील ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको आयोजनामा आज सम्पन्न ‘सबाल्टर्न अध्ययन’ विषयक अवधारणापत्र प्रस्तुत गर्दै सबाल्टर्नकै विषयमा विद्यावारिधी गर्नुभएका डा. तारालाल श्रेष्ठले सबाल्टर्नहरु मौका पाए आफै पनि बोल्न सक्ने वर्ग भएको जिकिर गरे । सबाल्टर्नका विषयमा जो पनि बोल्न पाउने र तिनीहरुका विषयमा एक शब्द पनि नबोल्ने बुद्धिजीविलाई बुद्धिजीवि भन्न नमिल्ने तर्क गर्दै उनले नेपालमा सबाल्टर्नका विषयमा आवश्यक अध्ययन नभएको र यो विकासवादी सिद्धान्त नभई इतिहास माथिको हस्तक्षेपका लागि गरिएको माक्र्सवाद निकट बौद्धिक अभियान भएको स्पष्ट पारे ।

सबाल्टर्न अध्ययनका विषयमा टिप्पणी गर्दै साहित्यकार सरुभक्तले नेपाली समाजमा विदेशबाट आयोजित सिद्धान्त र वादहरुलाई उच्च महत्व दिइने तर नेपालीहरुले नै प्रतिपादन गरेका विचारको कदर नगर्ने प्रवृत्ति हावी भएकोप्रति गुनासो गर्दै आफूले ३० वर्षअघि सुरु गरेको शून्यवादप्रति समालोचकहरुको ध्यानाकर्षण पनि गराए । सोसाइटीका अध्यक्ष राजेन्द्र चापागाईं ‘आहत’ले प्छिल्लो समयमा नेपालको साहित्य र राजनीतिक वृत्तमा चासोका साथ हेर्न थालिएको विषय भएकाले सोसाइटीले सबाल्टर्नका विषयमा परिचर्चा गरेको बताउनुभयो । आहतले सोसाइटीले यस्ता मुद्दाहरुलाई निरन्तर उठान गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

स्रष्टा परिचयअन्तरगत तनहँुका साहित्यकार काशीनाथ न्यौपानेको परिचय दिँदै युवा पत्रकार तथा साहित्यकार सुरेन्द्र पौडेल ‘रोहित’ले चर्चामा आउन योग्य रहेर पनि चर्चाबाहिरका स्रष्टाका रुपमा न्यौपानेलाई चिनाए । तनहुँको साहित्यिक विकासमा महत्वपूर्ण योगदान न्यौपानेको रहेको भन्दै रोहितले यस्ता प्रतिभालाई सबैले खोजी गर्नुपर्नेमा जोड दिए ।

सोसाइटीका अध्यक्ष राजेन्द्र चापागाईं ‘आहत’को अध्यक्षतामा भएको कार्यक्रममा डा. मानबहादुर के.सी., प्रा.डा. पशुपतिनाथ तिमिल्सिना, राजनीतिकर्मी खगराज अधिकारी, परशुराम कोइराला, रामप्रसाद पौडेल, जगत बि.क., तिलक पौडेल, डा. धु्रव कार्की, यादवराज उपाध्याय, मन क्षेत्री, महेन्द्र रिमाल, कृष्ण के. सी., टङ्क बराल, कृष्ण उदासी, डा. लक्ष्मीशरण अधिकारीलगायतले पनि टिप्पणी गरेका थिए ।

कमेन्टहरु
Loading...