संसदमा प्रश्न नआएपछि मन्त्री फिर्ता

काठमाडौ‌ं:संघीय मामिला  मन्त्री लालबाबु पण्डितलाई कुनै पनि सांसदले प्रश्न नसोधेपछि रोष्ट्रमबाट फर्किनुपरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सबैभन्दा पहिला संघीय मामिला मन्त्रीसँग प्रश्नोत्तर राखिएको थियो । उनलाई सभामुखको भूमिकामा रहेकी उपसभामुखले रोष्ट्रममा बोलाएकी थिइन् ।

तर कसैले पनि प्रश्न नसोधेपछि उनले भनिन्, आफ्नो स्थानमा गएर आसन ग्रहण गर्नुस् मन्त्रीज्यू । संसद सांसदको संख्या पनि निकै थोरै थियो । त्यसपछि उद्योगमन्त्री मातृका यादवसँग प्रश्नोत्तर गरिएको थियो । आजकाे नागरिक दैनिकमा समाचार छ ।

कमेन्टहरु
Loading...