शीर्ष दलहरू मिल्न नसकिरहेका बेला बैद्य र बिप्लव लगायतका कम्युनिस्ट पार्टी एक हुँदै

पुस ११ /शीर्ष दलहरू मिल्न नसकिरहेका बेला टुक्रिएका कम्युनिस्ट पार्टीहरू एक हुन अघि बढेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको एकता केन्द्र मसाल, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच आन्तरिक रूपमा एकीकरणका लागि गृहकार्य भइरहेको छ ।

विचार मिल्नेहरूसँग एकताका लागि आफूहरू खुला रहेको नेकपा क्रान्तिकारी माओवादीले बताएको छ ।

एमाले र माओवादीको एकीकरण नौटंकी भएको भन्दै असन्तुष्टहरू धु्रवीकरणका लागि आफूकहाँ आएको क्रान्तिकारी माओवादी नेता सेवन्तराज भण्डारीले जानकारी दिनुभयो । नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत चुनावको उपयोग गरेको थियो भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव बहिष्कारको नीति लिएको थियो ।

कमेन्टहरु
Loading...