शहिद बिजय ढकालको स्मृति

पोखरा, पुष २९ गते/नेकपा माओवादी कास्कीका तत्कालिन सचिब बिजय ढकाल बिश्वासको नबौ स्मृति दिवसमा आइतबार पोखरामा उनको सम्झाना गरिएको छ । एकिकृत नेकपा माओवादी कास्की र शहिद बिजय ढकाल स्मृति प्रतिष्ठानले संयुक्त रुपमा पोखराको शहिदचोक स्थित शहिद पार्कमा आयोजना गरेको कार्यक्रममा माओवादीका नेता कार्यकर्ता, शुभेच्छुक, सर्वसाधरण तथा शहिद ढकालले आफन्तले तस्बीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

बिस २०६१ साल पुष २९ गते कास्कीको निर्मलपोखरीको साम्मी मैदानमा तत्कालिन शाही नेपाली सेनाले ढकाललाई गिरफ्तार गरी हत्या गरेको थियो । अखिल क्रान्तिकारीबाट राजनीतितक क्षेत्रमा प्रबेश गरेका ढकाल जनयुद्धका बेलामा त्यस बेलाका लोकप्रिय युवा नेता थिए । अहिले पनि कास्की माओवादीले शहिद ढकालको अभाब खड्किएको महसुस गर्ने माओवादी कास्कीका युवा नेता बखानसिंह गुरुङले वताए ।

यसैबिच, आइतबार साँझनै पोखराको शहिद चोकमै शहिद ढकालकै स्मृतिमा मैन बत्ती बालेर श्रद्धासुमन ब्यक्त गरिएको छ । माओवादी कार्यकर्ता, शहिद ढकालका परिवारजन, शुभेच्छुक, आफन्त तथा सर्वसाधरणहरुले शहिद ढकालको सम्झानामा मैनबत्ती बालेर स्मृति गरेका थिए ।

कमेन्टहरु
Loading...