वैदेशिक रोजगारीमा जानेहरुको लाखौं ठगी गरी फरार व्यक्ति पक्राउ

पौष ३/ २७ लाख ४५ हजार ठगी गरी फरार रहेको एक व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले  पक्राउ गरेको छ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ को फैसलाबाट दुई वर्ष कैद र दुई लाख जरिवना ठहर भएपछि फरार भएका लमजुङका हरिबहादुर पाण्डेलाई आज बाँसबारीबाट पक्राउ गरेको हो।

पक्राउ पाण्डेलाई वैदेशिक रोजगार ऐन, २०६४ विपरीतको कसुरबमोजिम काठमाडौँ जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ

पाण्डेले वेलकम इन्टरनेशनल एजुकेशन फाउण्डेशन प्रालिको नामको कम्पनी खोली वैदेशिक रोजगारीमा पठाउने इजाजतपत्र नलिई पीडितलाई पपुवा न्यूगिनी पठाइदिने भनी उक्त रकम लिएर नपठाई फरार भएका थिए।

कमेन्टहरु
Loading...