विमानस्थल आन्दोलन जारी, कास्की जिल्ला प्रशासन कार्यालय पनि ठप्प

पोखरा, २ असोज / पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्ण गर्न दबाब दिने उद्देश्यले आव्हान गरिएको अनिश्चितकालिन सरकारी र्कायालय ठप्प पार्ने कार्यक्रम अन्तर गत आज आन्दोलनकारीले जिल्ला प्रशासन र्कायालय ठप्प पारेका छन् । बिहान ९ बजे देखि नै कार्यालय प्रवेश गेटमा ब्यानर टागेर नाराजबाजी गदै आन्दोलनकारीले धर्ना दिएका छन् । प्रशासन कार्यालय घेराउ गरी बसेका आन्दोलनकारीका कारण कायालय सुनसान छ ।

प्रमुख जिल्ला अधिकारी लगायत कुनै पनि कर्मचारीलाई आन्दोलनकारीले र्कायालय प्रवेश गर्न दिएका छैनन । विमानस्थल निमार्णको प्रकृया थालनी गर, जालसाजी बन्द गर भन्दै सरकार प्रति नारा लगाउदै आन्दोलनकारीले प्रशासन घेराउ गरिरहेका छन् । विमानस्थल निमार्ण सरोकार समितिको आव्हानमा जिल्लाका सबै जसो सरकारी कार्यालयको काम तेस्रो दिन पनि ठप्पै छन् । सरकारले निणर्य गरेर विमानस्थल निमार्णको काम सुरु नभए सम्म आन्दोलन जारी रहने सरोकार समितिका अध्यक्ष कृष्णमोहन श्रेष्ठले जानकारी दिए ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि दवाव दिन पोखरारेलीले दुई दिनदेखि पोखराका सरकारी कार्यालयमा कामकाज ठप्प पारेका छन् । सम्पूर्ण सरकारी स्वामित्वमा रहेका संस्थान तथा सरकारी कार्यालयमा आज पनि सरोकार समितिको अगुवाईमा कामकाज हनु नदिन विहान ९ बजेदेखि नै धर्ना दिएका थिए । आन्दोलनका कारण राजश्व संकलन पनि हुन सकेको छैन ।

अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि थालिएको नागरिक दवाव अभियान अन्र्तगत रिले अन्नसन पनि जारी छ । आज पनि विभिन व्यवसायी लगाएतका व्यक्तिहरु अनसनमा बसेका छन् । दुई दिन देखि जारी वर्षाका कारण आन्दोलनकारी र अन्नसन बस्नेहरुलाई असजीलौ बनाएको छ ।

कमेन्टहरु
Loading...