विमानस्थल अधिकृत रातारात घुस खाएको आरोपमा पक्राउ, चुडामणी शर्मा सँग यसरी सम्ब्न्धित

काठमाडौं, २० मंसिर ।
चिम्पान्जी तस्करीमा सघाएको आरोपमा विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत आशुतोष राईलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले  पक्राउ गरेको  छ  । घुस खाएर बन्यजन्तु तस्करलाई सघाएको आरोप उनीमाथि छ ।

भन्सारका नायव सुब्बा चुडामणि दाहाल शर्मा र क्वारेन्टाइन कार्यालयका कर्मचारी धीरेन्द्र साहलाई सिआइबीले दुई साताअघि नै पक्राउ गरेको छ । उनीहरुको बयानको आधारमा भन्सार अधिकृत राई पक्राउ परेका हुन् ।

सिआइबीले विमानस्थलबाटै पास भएको दुई वटा चिम्पान्जी, ६ वटा बाँदर र चराहरुसहित ६ जनालाई गत असोज ३१ मा पक्राउ गरेको थियो। उनीहरुले भन्सार कर्मचारीलाई घुस खुवाएर चिम्पान्जी तस्करी गरेको बताएका थिए। सोही आधारमा त्यसबेला ड्युटीमा रहेका कर्मचारीहरु समेत छानबिनमा तानिएका हुन् ।  चिम्पान्जी तस्करीमा उनीहरुले ५० हजार रुपैयाँ घुस लिएका थिए ।

कमेन्टहरु
Loading...