विन्ध्यवासिनी रेष्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा

पोखरा, पुष २८ /पोखराको विन्दवासिनीमा विन्ध्यवासिनी रेष्टुरेन्ट तथा पार्टी प्यालेस शनिवारबाट सञ्चालनमा आएको छ ।पार्टी प्यालेसको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले एक समारोहबिच शुभारम्भ गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले पोखराको विन्ध्यवासिनीमा सञ्चालनमा आएको पार्टी प्यालेसले स्थानियको आवश्यकता र पर्यटन प्रवद्धनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पार्टी प्यालेसका संरक्षक प्रजापति पराजुलीले मागअनुुसार साउण्ड सिष्टम, नौमती बाजा, भजन टोली तथा दोहोरी कलाकारहरुको पनि व्यवस्था रहेकोले पोखरामा यसले फरक पहिचान स्थापित गर्ने दाबी गरे । विभिन्न पाँच तारे होटलमा सम्हालेको लामो अनुभवको उपयोग र स्वदेशमै रोजगारीको व्यवस्थाको लागि पार्टी प्यालेस सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक विजय पौडेलले जानकारी दिए ।
विन्ध्यवासिनी मन्दिरको उत्तरतर्फ रहेको यस पार्टी प्यालेस ७५ लाखको लगानीमा शुरु भएको हो । पाँच जना युवाहरु विनय पौडेल, विजय पौडेल, युवराज पौडेल, सोवित पौडेल र ईं. सुदिप पराजुलीले यसको सञ्चालन गरेका हुन ।
सोही कार्यक्रममा कार्यक्रमका विशेष अतिथि पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस लामाचौरका क्याम्पस प्रमुख कृष्णराज अधिकारीले नयाँ ईन्टरनेट सेवा प्रदायक संस्था एचलिङ्कको शुभारम्भ गरेका थिए ।

संस्थाका प्रवन्ध निर्देशक विजय पौडेलको अध्यक्षयतामा भएको कार्यक्रममा संस्थाका सञ्चालक सोवित पौडेलले स्वागत र जीवन दाहालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...