विद्यालयमा पुस्तकालय स्थापना गर्न ‘वी क्यान ग्रुप’को सहयोग

पोखरा, १० जेठ /युवाहरुको समुह ‘वी क्यान ग्रुप’ले स्याङजाका दुईवटा विद्यालयमा पुस्तकालय स्थापना गर्न सघाएको छ । समुहले निबुवाखर्क–७ को कालिमा माध्यमिक विद्यालय र जनहीत निमाविमा पुस्तकालय स्थापना गरिदिएको हो ।
समुहका अध्यक्ष राजन पन्थीका अनुसार कालिका माविमा ६ सय ५७ र जनहीत निमाविमा १ सय २५ थान पुस्तक दिइएको छ ।

विद्यालयमा पुस्तकालय स्थापना गर्न ‘वी क्यान ग्रुप’को सहयोग
विद्यालयमा पुस्तकालय स्थापना गर्न ‘वी क्यान ग्रुप’को सहयोग

त्यस्तै कालिका माविको पुस्तकालय बनाउन पनि समुहले सघाएको छ । पुस्तकालयमा पुस्तकसँगै ¥याक बनाउन, रंगरोगन गर्दै कार्पेट बिच्छाउन पनि सघाएको पन्थीले बताए । पुस्तकालय नहुँदा ती विद्यालयका विद्यार्थी बाहिरी ज्ञानका पाठ्यपुस्तक पढ्न पाएका थिएनन् ।

विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक सहित उपन्यास, कवितासंग्रह, जीवनी लगायतका पुस्तक दिइएको उनले बताए । ग्रामिण क्षेत्रका फरक समुदायका बालबालिकाको पठनपाठनमा सघाउ पु¥याउन त्यहाँका विद्यालयमा पुस्तकालय स्थापना गरिदिएको उनले बताए । समुहले आगामि दिनमा अहिले पुस्तकालय बनाइदिएको विद्यालयका लागि थप पुस्तक जुटाउने पनि पन्थीले बताए ।

समाज परिवर्तनमा तल्लीन यो समुह विगत डेढवर्षदेखि विभिन्न सामाजिक गतिविधिमा सक्रिय हुँदै आएको छ । समुहले यसअघि भूकम्प पीडितलाई सघाउने, मृगौला पीडितलाइ पनि सहयोग गर्दै आएको छ । त्यस्तै सरसफाईका अभियानबारेमा पनि चेतना फैलाउन सघाउँदै आएको छ । युवाहरुलाई संगठित बनाई विभिन्न सामाजिक कार्यमा स्वयंसेवकको रुपमा यसले खटाउँदै आएको छ ।

कमेन्टहरु
Loading...