विकास र व्यवस्थापनका लागी जुर्मुराए स्थानियबासी

पोखरा, १९ पुस/ पोखराको व्यापारिक केन्द्र मानिने महेन्द्रपुल र नयाँबजार क्षेत्रलाई व्यवस्थित बनाउनका लागी स्थानियबासीहरु जुटेका छन् । आफ्नो वडालाई सुन्दर र व्यवस्थित बनाउनका लागी स्थानियस्तरबाटै केहि पहल गर्न जरुरी देखेपछि उनीहरु संगठित भएका हुन् । स्थानिय संघसंस्था, आमा समुह, क्लब र बासिन्दाहरुको सक्रियतामा पोखरा ९ नयाँबजार क्षेत्रका बासिन्दाहरुले वडा विकास संघर्ष समिति गठन गरेर आफ्नो वडालाई व्यवस्थित गर्ने तयारी गरेका छन् ।

महेन्द्रपुल र नयाँ बजार क्षेत्रलाई व्यवस्थित गर्नका लागी समितिले २० बुँदे कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । समितिले पहिलो नम्बरमा महेन्द्रपुलमा अत्याधिक सवारी चाप हुने भएकोले हाल भैरहेको हुलाक घरलाई स्थानान्तरण गरि त्यहि स्थानमा पार्किङ स्थल बनाउनका लागी पहल गर्ने कार्यक्रमलाई राखेको छ । ‘महेन्द्रपुल क्षेत्रमा पार्किङको समस्याका कारण सर्वसाधारणले धेरै सास्ती खेप्नुपरेको छ ।’ विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका अध्यक्ष नरेन्द्र लालचनले भने–‘त्यसैले हामीले यो कुरालाई पहिलो प्राथमिकतामा राखेका हौँ ।’

कमेन्टहरु
Loading...