वडा अध्यक्ष खत्री माथी भएको आक्रमणको जिम्मा विप्लबले लियो , यस्तो छ आक्रमणको कारण

पुस १३/अरुण गाउँपालिका वडा नम्बर –१ याङपाङका वडाध्यक्ष नगेन्द्र खत्रीमाथि भएको आक्रमणको जिम्मा विप्लप माओवादीले लिएको छ । गत शुक्रबार बिहान आफ्नोे कार्यकक्षतिर जाँदै गरेका बेला भएको हमलाको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले लिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी भोजपुरका जिल्ला इन्चार्ज ज्ञानुका अनुसार खत्रीले पार्टी आस्थाको आधारमा योजना मनोमानी बाँडफाँड गरेको, नेपाल कम्युनिष्ट पार्टी विरुद्ध सुराकी गरेको र जनताको काम नगरेका कारण व्यवहार सुधार्नलाई चेतावनी स्वरुप कारवाही गरेको जानकारी दिएका छन।

कमेन्टहरु
Loading...