वडा अध्यक्षले गरे पत्रकारमाथि चक्कु प्रहार

प्युठान, २९ असाेज। प्युठानमा  एक जना जनप्रतिनिधिले पत्रकारमाथि आक्रमण गरेका छन् । स्वार्गद्वारी नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर भट्टराईले पत्रकार केन्द्र पिबीमाथि भौतिक आक्रमण गरेका हुन् ।घाइते पत्रकार पिबीका अनुसार सोमबार दिउँसो ३ बजेतिर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भट्टराईले धारिलो हतियारले आक्रमण गरेको थिए । वडा अध्यक्ष भट्टराले नेत्रबहादुर घर्तीलाई चक्कुले हान्न खोज्दा पिबी छुट्याउन गएका थिए । यस्तो नगर्नुहोस् भन्दा अध्यक्ष भट्टराईले पत्रकार पिबीलाई पछाडिबाट टाउकोमा चक्कुले प्रहार गरेका थिए ।

             प्युठानबाट प्रकाशित हुने साप्तहिक पत्रिका माडी खबरका सम्पादक समेत रहेका पत्रकार पिबीमाथिको आक्रमणको चौतर्फी विरोध भइरहेको छ । क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य समेत रहेका पत्रकार पिबी खतरामुक्त रहेको र उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...