लेकसाइडको भोजन गृहमा बम, नेपाली सेनाद्वारा निष्क्रिय

पोखरा, ८ पुस/अज्ञात समुहले पर्यटकिय केन्द्र पोखराको लेकसाईडस्थित एक भोजन गृहमा छाडेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । लेकसाईडको केटिएम थकाली भोजन गृहको कम्पाउण्डमा आज बिहान बम भेटिएको थियो । सेतो प्लाष्टिकमा बेरेर राखिएको बमलाई पोखरा बिमानस्थलस्थित नेपाली सेनाको कालीभञ्जन गणबाट खटिएको टोलीले सुरक्षित रुपमा निष्क्रिय पारेका कास्की प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले बताए ।

अज्ञात ब्यक्तिले भोजन गृहका संचालक मनोज श्रेष्ठलाई टेलीफोन गरी बम छाडेको जानकारी दिए पछि उनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पोखराको विभिन्न नाकाहरू प्रहरी परिचालन गरि संलग्नको खोजी कार्य गरिरहेको जानकारी दिएको ।

कमेन्टहरु
Loading...