रोनाल्डोसँगको मेरो प्रतिस्पर्धा स्वच्छ र सुन्दर : मेस्सी

एजेन्सी, पुस १२
हाल क्रिसमस तथा नयाँ वर्षको बिदामा रहेका स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीको ताजा अन्तर्वार्ता सार्वजनिक भएको छ । उनले स्पेनको पत्रिका ‘मार्सा’सँग विशेष कुराकानी गरेका छन् ।

त्यसक्रममा मेस्सीले फुटबल करिअर, परिवार, भावी योजना र आफ्ना खास प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डाबारे पनि बोलेका छन् ।

५ पटक बालोन डि‘ओर जितेका मेस्सीले आफूले फुटबललाई निकै माया गर्ने भए पनि आफ्ना लागि आफ्नो परिवार विशेष हुने बताएका छन् । ‘म फुटबललाई औधी माया गर्छु,’ उनले भनेका छन्, ‘तर, मेरो परिवार मेरा लागि त्योभन्दा विशेष छ ।’

सो अन्तर्वार्तामा मेस्सीलाई उनका खास प्रतिस्पर्धी इटालियन युभेन्टसका पोर्चुगिज रोनाल्डाबारे पनि सोधिएको थियो । त्यसक्रममा उनले रोनाल्डोप्रति आदर व्यक्त गरेका छन् ।
मेस्सीले रोनाल्डोसँगको आफ्नो प्रतिस्पर्धा निकै आत्मीय, स्वच्छ भए पनि फ्यानहरूका लागि भने त्यो निकै रमाइलो रहेको हुन सक्ने बताए ।

‘मेरो र क्रिस्टियानोबीचको प्रतिस्पर्धी निकै स्वच्छ र सुन्दर छ,’ मेस्सीले भनेका छन्, ‘तर, यो समर्थकका लागि भने निकै रमाइलो भइरहेको होला ।’

कमेन्टहरु
Loading...