राजिव गुरुङ (मनाङे) फरारको सुचिमा

१५ माघ- सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका राजीव गुरुङ (दीपक मनाङे) को फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले बैठक बसी मनाङेलाई विशेष अदालतले कानुनविपरीत सफाइ दिइको ठहर गर्दै त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १४ करोड ७३ लाख ३१ हजार बिगोसहितको माग दाबी गर्दै विशेष अदालतमा चार वर्षअघि मुद्दा दर्ता गरेको थियो । चार वर्षपछि मुद्दामा फैसला सुनाउँदै विशेषले मनाङेलाई सफाइ दिएको थियो।

मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनाङे फरार सूचीमा छन् । उनी संलग्न मुद्दामा सर्वोच्चले समेत ५ वर्ष जेल सजाय सदर गरेपछि उनी फरार रहेका हुन् । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भए पनि पक्राउ पर्ने डरमा उनी शपथ लिन समेत आएनन्

कमेन्टहरु
Loading...