यस् कारण बढेको र अझै बढ्नेछ प्याजको मुल्य

मंसिर ७ गते भारत सरकारले प्याजको निर्यातमा कडाइ गरेपछि नेपालमा त्यसको प्रभाव परेको छ । नेपालमा करीव ९५ प्रतिशत प्याज भारतबाटै आयात हुन्छ ।
भारतमा अहिले प्याजको मूल्य दुई वर्षयताकै उच्च विन्दूमा पुगेको छ । भारतले आफ्ना छिमेकी मुलुक नेपाल, पाकिस्तान, भुटानदेखि खाडी मुलुकसम्म ठूलो परिमाणमा प्याज निर्यात गर्छ ।

प्याजको उत्पादन घटेर आन्तरिक बजारमा मूल्य आकाशिन थालेपछि आन्तरिक बजारमा आपूर्ति बढाउन र नियन्त्रण गर्न भारत सरकारले निर्यातमा अंकुश लगाएको छ ।

यसअघि निर्यातमा पनि खुला मूल्य कायम भएकामा प्याजको प्रतिटन न्यूनतम निर्यात मूल्य ८ सय ५० डलर (करीव ८७ हजार ५ सय नेपाली रुपैयाँ) तय गरिएको छ । न्यूनतम निर्यात मूल्य कायम भएपछि भारतबाट प्याज आयात गर्दा प्रतिकिलो ३० देखि ३२ रुपैयाँसम्मले महंगो परेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडा बताउँछन् ।

विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) का अनुसार प्याजको यस्तो न्यूनतम निर्यात मूल्य १६ पुस (३१ डिसेम्बर) सम्म कायम रहनेछ ।

व्यवसायीहरू भने प्याजको भाउ अझै बढ्ने चेतावनी दिएका छन् । व्यवसायीका अनुसार भारतमै अहिले प्रतिकिलो प्याजको मूल्य ५५ रुपैयाँ आइसी पर्छ । ‘भारतमै महंगो परेपछि न्यूनतम निर्यात मूल्यको बढेको शूल्क र ढुवानी जोड्दा यहाँ ल्याउँदा थप महंगो पर्न गएको हो,’ महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने । उनका अनुसार अहिले भारतमै प्याजको भाउ शतप्रतिशतसम्म बढेको छ ।

 

कमेन्टहरु
Loading...