यसरी मनाए पुर्व युवराज पारसले जन्मदिन

१७ पुस/ पूर्व युवराज पारशले आइतबार आफ्नो ४७ औं जन्म दिन मनाएका छन् । उनी बस्दै आएको सुनाकोठीस्थित निवासमा छोराछोरीहरूका साथ जन्म दिन मनाएका हुन् ।

सुनाकोठी निवास पारसका भाई विकास विक्रम शाहको हो । विकास दरवार हत्याकाण्डमा ज्यान गुमाएकी अधिराजकुमारी शारदाका छोरा हुन् ।
ब्याङ्ककबाट फर्केको केही समयपछि पारसपनि बहिनीसँगै बस्दै आएका छन् ।

केही महिना यता पारस सामाजिक सञ्जाल र सार्वजनिक स्थानहरूमा समेत सक्रिय छैनन् । लामो समयपछि जन्मदिवसमा पारस लामो कपाल र बाक्लो दारीजुँगामा देखिए ।

जन्मदिनको उपलक्ष्यमा शुभकामना दिन पारशका झण्डै पाँच दर्जन शुभेच्छुकहरू सुनाकोठी पुगेका थिए ।

कमेन्टहरु
Loading...