यसरी मतदानगरे शीर्ष नेता राम चन्द्र पौडेलले (फोटो सहित्)

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन समृद्धितर्फको यात्रा भएकाले मतदान गरेर राष्ट्रिय कर्तव्य पूरा गर्न मतदातासँग आग्रह गरेका छन्।

गृह जिल्ला तनहुँको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले दमौलीको सत्यवती मावि ‘ग’ निर्वाचन केन्द्रमा मतदान गर्दै ७० वर्षदेखिको लोकतान्त्रिक आन्दोलनका उपलब्धि साकार गर्न यो निर्वाचन महत्वपूर्ण भएको टिप्पणी गरे।

मतदाताप्रति आफूलाई विश्वास भएको बताउँदै पौडेलले अवरोधका बाबजुद मतदाताले मतदान गर्ने विश्वास व्यक्त गरे। उनले राष्ट्र, समाज र भविष्यप्रतिको कर्तव्य पूरा गर्न निर्भयतापूर्वक मतदानमा सहभागी हुन आग्रह गरे।

कमेन्टहरु
Loading...