मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न

पाल्पा, मंसिर २१ –पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन ।

हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको बिहीबार बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेका हुन् ।

मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् । उनीलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै मलामी गएका रिब्दिकोट छहरा गापा–५ मुजुङका विष्णु काफ्लेले मुजुङको बगैँचाबाट मतदान गरेका छन् ।

कमेन्टहरु
Loading...