महिला हिंसामा संलग्नलाई कानुनी कारवाही गर्न माग

पोखरा, २९ पौष/कास्कीमा क्रियाशिल मानवअधिकारकर्मी संघसंस्थाका प्रतिनिधीहरु र महिला अधिकार सम्बन्धी संघ सस्थाले देशमा हाल बढ्दै गएको हिंसा, हत्या, बलात्कार जस्ता घट्ना प्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता जघन्य प्रकृतिका महिला माथि भएका हिंसा अन्त्य र पिडकलाई कानूनी कारवाहीको दायरामा ल्याउन नेपाल सरकारले ध्यानाकर्षणका लागि जोडदार माग गरेका छन् ।

देश भर भएका महिला हिंसा सगँ सम्बन्धीत विभिन्न घटनाहरु बढ्दै गएको भन्दै क्रियाशिल मानवअधिारकर्मीहरुले मुख्य सचिब लिलामणि पौडेललाई ज्ञापन पत्र बुझाए । उनिहरुले महिला माथि हुने सबै किसिमको हिंसाको अन्त्य गर्दै पिडकलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न र महिला हिंसाका उजुरी सुन्ने निकाय छिटो छरितो सर्वसुलभ बनाउन माग गरेका छन् ।

कमेन्टहरु
Loading...