महिलाहिंसा विरुद्ध पोखरा प्रर्दशन

पोखरा, १९ पुष /देशका विभिन्न भागमा भएका महिला हिंसाका घटनामा संलग्नहरुलाई कार्वाहीको माग गदै विहिबार पोखरामा अधिकारकर्मी तथा दल निकटका महिला संगठनले छुटटछुटटै प्रर्दशन गरेका छन् । अधिकारकर्मीले विरोध ¥याली निकाले भने नेकपा एमाले निकटको अखिल नेपाल महिला संघले महिला हिंसाको विरोधमा एक घण्टा चक्काजाम र नेपाली काग्रेसको आवध नेपाल महिला सघले ग्यापन पत्र बुझाएका छन् ।

पोखरामा क्रियाशील अधिकारकर्मीहरुले मुलुकमा बढ्दै गएको महिला हिंसाको अन्त्य गर्न र अपराधीलाई कडा कारबाही गर्न दवाव दिन कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ग्यापनपत्र पठाएका छन् ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल र महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीले संयूक्त रुपमा कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसअधि पोखराको सृजनाचोकबाट र्याली सहित शहरको विभिन्न भागको परिक्रममा गरि जिल्ला प्रशासन कार्यलय पुगेको थियो ।

कमेन्टहरु
Loading...