मन्त्री दावा दोर्जे लामालाई सम्मान

चितवन, २५ फागुन। राप्ती नगरपालिका वडा न. १,२,३ र ४ ले संयुक्तरुपमा प्रदेश न.३ का माननीय भूमी सुधार,कृषि तथा सहकारी एवम् गरिबी निवारण मन्त्री दावादोर्जे लामालाई  सम्पूम्र्वीान गरेकाे छ।

             चितवन,पिप्लेमा आज एक समारोहका बीच बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हाे।

             राप्ती नगरपालिका वडा न. २ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेती सभापति रहनु भएको सो कार्यक्रममा वडा न.४ का वडा अध्यक्ष शमसेर लामाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।

             राप्ती नगरपालिकाका नेकपा एमालेका नगर इन्चार्ज श्यामकृष्ण आचार्य बिशिस्ट अतिथी रहनु भएको सो कार्यक्रममा वडा न. १ का वडा अध्यक्ष सिद्धीलाल स्याङ्तान,वडा न. ३ का वडा अध्यक्ष राजकुमार उप्रेती,पिप्ले खानेपानी तथा सरसफाइ समितीका अध्यक्ष राजकुमार भट्ट , परेवाश्वरी दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष रामेश्वरसिंह ओली लगायतकाहरुको उपस्थिति रहेको थियो।

कमेन्टहरु
Loading...