मन्त्रीको नामले डेनमार्क पठाउने भन्दै ६ जनालाई ठगेर फरार

काठमाडौं, १८ माघ- घोराही उपमहानगरपालिका १५, दाङका २७ बर्षीय विशाल बस्नेत श्रम राज्यमन्त्री डिल्ली चौरीमार्फत डेनमाार्क पठाउने भन्दै ६ जनासँग ४१ लाख रुपैयाँ असुलेर फरार भएका छन् ।

सरारी कोटामा डेनमार्क पठाउने स्वीकृतति पाएको कागज देखाई बस्नेतले पीडितसँग ७ लाख ५० हजार रुपैयाँसम्म उठाएर भागेका हुन् । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

ठगिएका सबै बस्नेतकै छिमेकी हुन्।
बस्नेतले मन्त्रीस्तरको निर्णयबाट २८ जनालाई डेनमार्क पठाउन लागेको भन्दै सरकारी कागज देखाए ।
मन्त्रीसँग आफ्नो नजिकको सम्बन्ध रहेको र उनैमार्फत डेनमार्क पठाईने भनेर जिम्मा लिए, पीडित डोकराज कालाथोकीले भने, ठगिएपछि मात्र थाहा भयो, यो विषयमा न मन्त्रीलाई थाहा रहेछ न उनीसँग बस्नेतको कुनै सम्बन्ध नै रहेछ ।

कमेन्टहरु
Loading...