मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”

२१ मंसिर, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदानपछि उनले समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि आफ्नो मताधिकार प्रयोग गरेको बताए । ’तपाईंहरूलाई पनि निर्धक्कसाथ आफ्नो मताधिकार प्रयोग गरी यो ऐतहासिक निर्वाचनलाई एउटा उत्सवमा परिणत गर्न आग्रह गर्दछु,’ उनले ट्विटरमा उल्लेख गरेका छन् ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिदै उनले प्रदेशका राजधानी पनि चाँडै तोकिने बताए । उनले निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरे । देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् । प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका उनले सो मतदान केन्द्रबाट छैटौंपटक मतदान गरेका हुन् । मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किएका छन् ।

कमेन्टहरु
Loading...