भेटीबाटै वर्षमा १३ करोड आम्दानी

काठमाडौं – पशुपतिनाथलाई पछिल्लो सात बर्षमा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको छ ।

             पशुपति क्षेत्र विकास कोषले गत आर्थिक बर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा यो तथ्य सार्वजनिक गरेको हो ।

             कोषका उपनिर्देशक प्रेमहरि ढुंगानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपैयाँको हाराहारीमा भेटी प्राप्त भइरहेको जानकारी दिए ।

कमेन्टहरु
Loading...