भारतको दबाबले माओवादीलाई सरकार बाहिर राखिएको हो : केसी

फागुन ६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको ईशारामा केपी ओलीले माओवादी केन्द्रलाई बाहिर राखेर मधेस केन्द्रित दलहरूसँग मिलेर सरकार बनाउन लागेको आरोप लगाएका छन् ।

प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले भारतकै डिजाइनमा ओली चलिरहेको आरोप लगाए ।

‘केपी ओली पनि खासै भरोसाका मान्छे होइनन् । उनी पनि भारतकै ईशारामा चलेको देखियो’, उनले भने, ‘माओवादीसँग पार्टी एकीकरण गर्न पनि चाहेका छैनन् । सरकारमा प्रचण्डको पार्टीलाई लैजाने कुनै पनि संकेत देखिएन । भारतकै ईशारामा ओलीले प्रचण्डलाई बाहिर राखेर मधेस केन्द्रित दलहरूसँग मिलेर सरकार बनाउन लागेको पो देखियो ?’

कमेन्टहरु
Loading...