बुद्ध एयरले बोइङ किन्छ कि एयर बस ?

काठमाडौं, माघ २३ । नेपाली विमान कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानको शुरु गर्ने घोषणासँगै विमान उत्पादक कम्पनीहरुले नेपाल भ्रमण शुरु गरेका छन् ।

युरोपेली बिमान कम्पनी एयरबसका अधिकारीहरु नेपाल भ्रमण गरे लगत्तै अमेरिकी बिमान कम्पनी बोइङका अधिकारी नेपाल आएका छन्। आइतबार नेपाल आएका बोइङ कम्पनीका दुई उच्च अधिकारीले बुद्ध एयरसँग छलफल गरेको छ।

छलफलमा बुद्धका लागि बोइङ बी७३७ म्याक्स ८ सिरिजको बिमान नेपालका लागि उपयुक्त भएको बताएका छन् । यसअघि बुद्ध एयरले एयरबससँग पनि यस्तै छलफल गरेको थियो। उनीहरुले ए३१९ बिमानको बारेमा छलफल गरेको बुद्ध एयरका अधिकारीहरुले जनाएका छन्।

बुद्ध एयरले ७२ सीटको एटिआर ७२-५०० बाट शुरु गर्ने तयारीमा रहेको छ। कोलकताको उडानपछि मात्रै बोइङ वा एयर बस कसको विमान किन्ने भनेर निर्णय गर्ने बुद्धले जनाएको छ।

 

कमेन्टहरु
Loading...