बाम गठबन्धनको पकडमा देश भएपछी दिल्लीमा खैलाबैला, मोदीलाइ झड्का ( पुरा पढ्नुस )

काठमाडौं,। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात राज्यको चुनावमा व्यस्त भईरहँदा नेपालमा प्रदेश र प्रतिनिधिसभाको चुनावको नतिजा सार्वजनिक भैरहेको छ । कम्युनिष्ट पार्टीहरुको बाम गठबन्धन बहुमततर्फ उन्मुख भइरहेका छन् । नेपाल मामलालाई सिधा हेरिरहेका प्रधानमन्त्री मोदीले चुनावी नतिजा आएपछि उत्पन्न नयाँ परिस्थितिलाई कसरी लिएका छन् त, यो अहिले चासोको विषय छ ।
नेपालको इतिहाँसमा पहिलोपल्ट कम्युनिष्टहरूको बहुमत आउने अवस्था सृजना भएको छ । २०५१ सालको चुनावमा नेकपा एमालेले बहुमत नल्याएपनि अल्पमतको एकल सरकार बनायो । त्यसपछि पटक–पटक एमाले र तत्कालिन नेकपा माले अन्य दलको नेतृत्वको सरकारमा सहभागी भयो । २०६२/६३ को जनआन्दोलनपछि २०६४ सालमा संविधानसभाको पहिलो निर्वाचन भयो । त्यसपछि प्रचण्ड, माधवकुमार

नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने । दोस्रो संविधानसभाको चुनावले संविधान जारी गरेपछि केपी शर्मा ओली प्रधानमन्त्री बने । सबै सरकार कम्युनिष्टहरूको बहुमतको सरकार थिएन ।
यसपटकको चुनावी नतिजाले संसदमा कम्युनिष्ट गठबन्धनको सरकार बन्ने अंक पुग्ने लक्षण देखिएको छ । अब बन्न सक्ने कम्युनिष्ट सरकारमा एमाले मुख्य शक्ति हुनसक्छ । विकसित घटनाक्रमलाई नजिकबाट नियालेको भारतले चुनावपछि दुवै कम्युनिष्ट दलका नेताहरू केपी शर्मा ओली र प्रचण्डसँग अग्रिम बधाईसहितका अनौपचारिक कुराकानी गरेको विशेष सूत्रले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिएको छ ।
चुनावको नतिजा सबै नआइसकेकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट औपचारिक बधाई आउन बाँकी छ । मोदीले दिने सन्देशले नेपालको नयाँ राजनीतिक अवस्थाप्रति भारतको आधिकारिक धारणा सार्वजनिक हुन्छ ।भारतले नेपालको संविधानप्रति असन्तुष्टि जनाएको सन्देश विगतमा प्रवाह भयो । नाकाबन्दीको घट्नापछि भारतको नेपालका केही नेताहरूसँग सम्बन्ध चिसियो । विशेषगरी नाकाबन्दीविरुद्ध बारम्बार बोलेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसियो । चुनावी नतिजाले ओलीलाई पुनः बलियो बनाएपछि भारतको उनीसँगको सम्बन्ध कस्तो रहने भन्नेबारे समेत चासो बढेको छ । ओलीले भारतसँग सम्बन्ध सुधारमा जोड दिइरहेबाट मोदीबाट आउनसक्ने सन्देशको मर्म त्यस्तै हुनसक्ने अपेक्षा गरिएको छ ।

कमेन्टहरु
Loading...