बसलाई उछिन्न खोज्दा टिपर दुर्घटना, एकको मृत्यु, ११ जना घाइते

५ कात्तिक, मेलम्ची । सिन्धुपाल्चोकको जुगल गाउँपालिका याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा सोमबार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बा ४ ख ९०१७ नंको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए ।

दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कुमार श्रेष्ठले मृतकको सनाखत हुन नसकेको र चालक फरार भएको जानकारी दिए ।

कमेन्टहरु
Loading...