प्रधानमन्त्री देउवाले बुझाएनन् खर्च विवरण

पौष २१/डडेल्धुराबाट प्रतिनिधिसभाको चुनाव जितेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदारले अझैं खर्च विवरण बुझाएका छैनन् । प्रतिनिधिसभातर्फ वाम गठबन्धनका साझा उम्मेदवार खगराज भट्ट, नेपाल दलित पार्टीका रमेश टमटा र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले खर्च विवरण नबुझाएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशसभामा विजयी वाम गठबन्धनका पठनसिंह बोहराले पनि खर्च विवरण पेस गरेका छैनन् । यस्तै प्रदेशसभा ९ख० मा विजयी कर्णबहादुर मल्लले पनि खर्च विवरण नबुझाएको कार्यालयले जानकारी दियो । वाम गठबन्धनबाट प्रदेशसभा ९ख० मा उम्मेदवार बनेका एमालेका डा। ताराप्रसाद जोशी र नेपाल दलित पार्टीका रामबहादुर टमाटाले समेत खर्च विवरण बुझाएका छैनन्।

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका डडेल्धुराका १४ उम्मेदवारमध्ये ६ उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् ।

नेपाली समाचार पत्र बाट

 

कमेन्टहरु
Loading...