प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति मानव अधिकारकर्मीद्वारा ध्यानाकर्षण

पोखरा, २६ पुष/पोखराका मानव अधिकारकर्मीहरुले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न व्यक्तिहरुको पहिचान भई अनुसन्धानको प्रक्रियामा रहेको अवस्थामा प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दिएको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै आज ज्ञापनपत्र बुझाएका छन् । शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णुप्रसाद बरालले जिल्ला प्रशासन कार्यालयका उपसचिव बामदेव शर्मामार्फत् प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाए ।

ज्ञापनपत्रमा पत्रकार थापाको हत्याका आरोपितहरुले हत्या अभियोग सञ्चार माध्यमबाट सार्वजनिक भएको अवस्थामा फौजदारी न्यायिक प्रक्रियालाई नै अवरोध पु¥याउने गरी दिएको अभिव्यक्ति र हत्या प्रकरणको अनुसन्धान प्रक्रियामा नै अवरोध पु¥याउने गरी दिइएको ठाडो निर्देशनको घोर निन्दा र भत्र्सना गरेका छन् ।

लोकतन्त्र, विधिको शासन, मानवअधिकारको अन्तर्राष्ट्रिय मूल्यमान्यता समेतको निष्ठापूर्वक पालना गर्न र आफ्ना गैरजिम्मेवार अभिव्यक्ति र निर्देशनलाई तत्काल फिर्ता लिई राष्ट्रसमक्ष माफी माग्न तथा दैलेख लगायत मुलुकभरका सञ्चारकर्मी र मानवअधिकारकर्मीहरुको सुरक्षा सुनिश्चित गर्न बरालले जोडदार माग गरे ।

नेपाली सेनाका अधिकारी मानवता विरुद्धको अपराधमा संलग्न आरोपमा विदेशमा पक्राउ परेको, बलात्कार, अपहरण, जबर्जस्ती चन्दा असुली र भ्रष्टाचार मौलाएको वर्तमान सङ्क्रमणकालीन अवस्थामा सरकारप्रमुखबाट आएको यस्तो अभिव्यक्ति र उनको स्वेच्छाचारी क्रियाकलापबाट मुलुकमा दण्डहीनता संस्थागत हुन पुगीे लोकतन्त्र र मानवअधिकारको ठाडो उपहास भएकोमा गम्भीर आपत्ति प्रकट गरे । जिल्ला प्रशासन कार्यालयका उपसचिव बामदेव शर्माले मानवअधिकारकर्मीहरुले बुझाएको ज्ञापनपत्र तत्काल प्रधानमन्त्रीको कार्यालयमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

यसैवीच न्यायका लागि द्वन्द्वपीडित समाज कास्कीले विहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुको अनुसन्धानलाई प्रभाव पार्ने गरी प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति दुःख व्यक्त गर्दै घटनाको अनुसन्धान अगाडि बढाउन, तत्काल शक्ति सम्पन्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न माग गरेको छ ।

कमेन्टहरु
Loading...