प्रदेशसभामा काठमाडौका २० क्षेत्र मध्य १६ क्षेत्र एमाले एक्लैले जित्यो

काठमाडौं, मंसिर २५ – काठमाडौंको प्रतिनिधिसभाका १० मध्ये ६ वटा क्षेत्र जितेको एमालेले प्रदेशसभामा झन राम्रो नजिता निकालेको छ । प्रदेशसभाको २० वटा क्षेत्र भएको काठमाडौंका १६ वटा क्षेत्रमा एमाले एक्लैले जितेको छ ।

काठमाडौंका प्रतिनिधिसभा जस्तै प्रदेशसभामा पनि माओवादीले एक सिट पनि जित्न सकेन । कांग्रेसले जम्मा चारवटा क्षेत्रमा जित हात पारेको छ । क्षेत्र नम्बर १ को ‘क’, ३ को ‘क’, ४ को ‘क’ र १० को ‘क’ मा मात्र कांग्रेसले जितेको छ ।

कमेन्टहरु
Loading...