आईएचएफका प्रशिक्षक एन्टोनीद्धारा पोखरामा ह्याण्डवल प्रशिक्षण

पोखरा २९, वैशाख/नेपाल ह्याण्डवल संघ तथा कास्की जिल्ला ह्याण्डवल संघको संयुक्त आयोजनामा आज देखि पोखरा रंगशालामा ४ दिने ह्याण्डवल प्रशिक्षण सुरु भएको छ । बिद्यालयमा ह्याण्डवल प्रशिक्षण भन्ने नारा रहेको प्रशिक्षणमा बिद्यालयका खेल शिक्षक २५ जना सहित करीब ४० जनाको सहभागिता रहेको संघले जनाएको छ । प्रशिक्षणमा सहभागिहरुलाई अन्तराष्ट्रिय ह्याण्डवल संघ (आईएचएफ) का प्रशिक्षक स्पेनी नागरीक हुन एन्टोनी ग्रेसीयाले प्रशिक्षण दिएका छन ।

यसै बिच राष्ट्रिय खेलकुद परिषदका सदस्य दिलिप विक्रिम शांहिले तालिमको उद्घाटन गर्दैै ह्याण्डवल खेलको विकासमा यस्तो तालिम फलदायी हुने विश्वास व्यक्त गरे । उनले खेलकुदको विकासको लागि बिद्यालयस्तरबाटै खेलकुदका गतिविधिलाई जोड दिनु पर्ने बताए । नेपाल ह्याण्डवल संघका अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएका उद्घाटन सत्रमा बरिष्ठ ह्याण्डवल प्रशिक्षक जिवन बस्नेत, नेपाल बिद्यालय ह्याण्डवल संघका केन्द्रीय उपाध्यक्ष मिन गुरुङ, संघ कास्कीका सहसचिव ध्वजबहादुर गुरुङ शुभकामना दिएका थिए ।

आगामी सेप्टेम्वरमा दक्षिण एसियाली स्तरीय १६ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१६) प्रतियोगिता नेपालमा हुने भएको दक्षिण एसियाली ह्याण्डवल महासंघका उपाध्यक्ष समेत रहेका तेजबहादुर गुरुङले बताए । आगामी जेठको अन्तीम सातामा स्कुल स्तरीय राष्ट्रिय ह्याण्डवल प्रतियोगिता हुने बरिष्ठ प्रशिक्षक बस्नेतले बताए ।

कमेन्टहरु
Loading...