पोखरा २० को मणिपाल फुलवारी र भलाम जोड्ने पक्की पुलको उद्घाटन

पोखरा /मंसिर । पोखरा महानगर वडा नम्बर २० को मणिपाल फुलवारी र भलाम जोड्ने पक्की पुलको उद्घाटन सम्पन्न भएको छ । पोखरा २० को मणिपाल र भलाम जोड्ने पक्की पुलको शनिवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे । पुलको उद्घाटन गर्दै मन्त्री बस्नेतले महानगरमध्ये बिकासमा पछि परेको २० नम्बर वडामा पुल निर्माण संगै बिकासको शुरुवात भएको वताए ।

बस्नेतले २० नम्बर वडामा पक्की पुलबाट बिकासको काम शुरु भएको वताउदै यो वर्ष प्रदेश सरकारको गौरवको योजना अन्तर्गत पोखरा महानगरको मणिपाल फुलवारी ११ नम्बर वडा हुदै २० नम्बर वडाको भलाम, चण्डी देउराली, हरिहर गुफा, डाडागाउ हुदै वडा नम्बर १६ को अर्मला सम्म जोड्ने पक्की सडक निर्माणको योजना समेत अगाडी अढेको वताए । उक्त योजना सफल वनाउन वडाबासी जनताले सरकारलाई साथ दिन समेत उनले आग्रह गरे ।

 १ करोड ९२ लाख ६८ हजार ९ सय ४७ को कुल लागतमा निर्माण सम्पन्न पुल निर्माणमा सरकारबाट १ करोड ७३ लाख ४२ हजार ५२ र स्थानिय जनसहभागीतबाट १९ लाख २६ हजार ८ सय ९४ को लागतमा निर्माण सम्पन्न पुलबाट पोखरा ११ को फुलवारी मणिपाल, भलाम मौजा, र बाटुलेचौर १६ सम्मका स्थानियहरु लाभान्वित हुने वडा नम्बर २० का वडा अध्यक्ष सीम गुरुङले वताए ।

कमेन्टहरु
Loading...