पोखरा उद्योग वाणिज्य संघको ध्यानाकर्षण

पोखरा, ८ पौष/नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले एक निजी कम्पनीसँगको सहकार्यमा पोखरा र पश्चिमाञ्चल क्षेत्रमा दुग्ध प्रशोधन र प्याकेजिङ गरी बिक्री बितरण गर्ने निर्णय सार्वजनिक भएकोमा पोखरा उद्योग बाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

२०६१ सालमा निजीकरणको नीति अन्तर्गत संस्थानको पोखरामा रहेको प्लान्ट निजी क्षेत्रलाई हस्तान्तरण गरेपछि अहिले पोखरा क्षेत्रमा सहकारी सहित १६ वटा दुग्ध प्रशोधन केन्द्र संचालनमा छन् । ति उद्योगहरुमा निजी क्षेत्रले अरवौँ लगानी गरेको बताउदै रोजगारीको अवसर पनि सृजित भएको छ पोखरा उद्योग वाणिज्य संघका महासचिब नारायण कोइराला द्धारा जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अहिले पोखरामा रहेका डेरी प्रशोधन उद्योगहरु यो क्षेत्रको मागलाई आपूर्ति गर्न सक्षम उल्लेख छ । निजी क्षेत्रले आफ्नो पहलमा आवश्यकता पूर्ति गरिरहेको अवस्थामा पूर्ण सरकारी स्वामित्वको उद्योगले पनि यहीँको बजारलाई लक्षित गरी प्रतिष्पर्धामा उत्रन खोज्नु सरकारले अंगिकार गरेको उदार अर्थ नीतिको विरुद्ध रहेको जनाएको छ ।

त्यसै गरि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुमन भट्टराईले पनि एक विज्ञप्ती जारी गरि विरोध गरेको छ । विज्ञप्तीमा नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले समान किसिमको उद्योग पुन संचालन गर्ने समाचार प्रर्ति लेखनाथ उद्योग वाणिज्य संघको ध्यानाकर्षण भएको जनाएको छ ।

कमेन्टहरु
Loading...