पोखरामा ट्याक्सी चालकहरुको आन्दोलन , प्रहरीद्वारा हस्तक्षेप

पोखरा: मनलाग्दो भाडा असुल गर्दै आएका पोखराका  ट्याक्सी चालकहरुलाई प्रहरीले कारवाही गर्न थालेपछि त्यसको विरोधमा चालकहरु आन्दोलनमा उत्रिएका  थिए ।आन्दोलनमा उत्रिएका पोखराका ट्याक्सी चालकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीले मुख्य चोकमा ट्याक्सी पार्किङ गरी सडक जाम गराइएकोमा ट्याक्सीलाई धकेलेर सडक किनारा लगि यातायात सञ्चालन गरेको छ । पोखराको पृथ्वीचोक, चिप्लेढुंगा, सभागृहचोक लगायतका मुख्य चोकमा ट्याक्सी पार्किङ गरेर ट्याक्सी चालकहरु आन्दोलनमा उत्रिएका थिए ।

सिभिल पोशाकका प्रहरीले मंगलवार ट्याक्सीमा चढ्दै बढी असुल्ने ट्याक्सी चालकलाई पक्राउ परेको थियो । त्यसको विरोधमा ट्याक्सी व्यवसायी समिति पोखराको नेतृत्वमा व्यवसायी तथा चालक आन्दोलनमा उत्रिएका हुन् ।

कमेन्टहरु
Loading...