पोखराको पृथ्वीचोकमा रहेको सभ्यता आईएमईमा लुटपाट

पोखरा, १९ पौष/पोखराको पृथ्वीचोकमा रहेको सभ्यता आईएमईमा लुटपाट भएको छ । आज साँझ पोखरा पृथ्वीचोकमा रहेको सभ्यता आईएमईको कार्यालयमा मुखमा नकाब बाधी करिब ३ लाख बढि लुपपाट गरेको हो । आईएमईकी महिला कर्मचारीलाई मुखमा पट्टि बाधि कार्यालयमा भएको करिब ३ लाख लुटेको हो ।

दुई तला माथि रहेको कार्यालयमा अन्य कोहि नभएको मौका पारी लुटेको हो । लुटपाटमा संलग्नलाई प्रहरीले खोजी गरी रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...