पार्दी उच्च मा.वि.पोखरा–१७ विरौटाले स्वर्णजयन्ति मनाउने

पार्दी उच्च मा.वि.पोखरा–१७ विरौटाले आफनो स्थापनाको ५० वर्ष पुगेको अवसरमा स्वर्णजयन्ति मनाउने भएको छ । २०१९ सालमा स्थापना गरि आफनो शैक्षिक यात्रालाई सुरुवात गरेको विद्यालयले विभिन्न कार्यक्रम गरि स्वर्णजयन्ति मनाउने तयारी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्णजयन्ति मूल आयोजक समितिका संयोजक नविन बरालले आइतबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारि दिनुभयो । पुष ९ गते विद्यालय हातामा सरसफाई कार्यक्रम, पुष १० गते बिहान प्रचारात्मक रुपमा मोटरसाइकल ¥यालि, तथा स्वर्णजयन्ति कार्यक्रमअन्तर्गत भोलि अर्थातको पाँच दिने कार्यक्रम अन्तर्गत ११ गते बिहान प्रभातफेरि तथा दिउसो उद्घाटन एवं स्मारिका विमोचन कार्यक्रम, १२ गते बिहान रक्तदान तथा दिउसो शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने छात्रछात्राहरुलाई पुरस्कार वितरण गर्ने, १३ गते पूर्व व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, शिक्षक र विद्यार्थीबिच पुनर्मिलन कार्यक्रम, १४ गते मूलसमारोह एवं सम्मान कार्यक्रम र अन्तिम दिन १५ गते समापन एवं धन्यवाद कार्यक्रम रहेको संयोजक बरालले बताउनुभयो । पाँच देखि ५ लाखसम्म खर्च लाग्ने कार्यक्रमलाई सफल पार्नका लागि १०५१ सदस्यीय मूल आयोजक समिति र १७ सदस्यीय विभिन्न उपसमिति गठन गरिएको विद्यालयमा प्रधानाध्यापक रुद्रनाथ बरलाले जानकारि दिनुभयो । हाल विद्यालयमा प्रावि, मावि र दश जोड दुइसम्म गरि जम्मा ७२१ विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा हालसम्म दिगो आर्थिक श्रोतको अभाव रहेको प्रधानाध्यापक बरालले जानकारि गराउनुभयो । संयोजक नविन बरालको सभापतित्मा भएको पत्रकार सम्मेलनमा प्रचार–प्रसार संयोजक सुवास ढुङ्गाना पनि बोल्नुभएको थियो ।

कमेन्टहरु
Loading...