पहिरोले घर भत्किदा एकको मृत्यु

पोखरा, १४ भदौ / अबिरल पानी परे संगै आएको पहिरोले घर भत्काउदा गए राती कास्की मा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यबहादुर गुरुङ्गका ११ बर्षीय छोरा गौतम गुरुङ हुन ।

मध्य रातमा सुतिरहेको बेलामा घर माथिको ढिस्को झरेर घरको एउटा कोठा भत्किदा बालक गौतमको घटनास्थल मै मृत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लागिएको कास्की प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...