पत्रकार हत्यारालाई कारवाहीको माघ राख्दै ¥याली तथा धर्ना

पोखरा, १४ पुस/ पत्रकार कृष्ण सेन इच्छुक द्धन्दका क्रममा हत्या गरिएका पत्रकार हत्यारालाई कारवाही माग गर्दै पोखरामा विरोध ¥याली तथा धर्ना दिएका छन् । क्रान्तिकारी पत्रकार संघ कास्कीको आयोजनामा पोखराको सृजना चोकबाट शुरु भएको विरोध रत्नचोक, राष्ट्रबैक चोक हुदै जिल्ला प्रशासन कार्यलयमा पुगी कोष सभा तथा धर्नामा परिणत भएको थियो ।

क्रान्तिकारी पत्रकार संघ कास्कीका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्ध भट्ट, प्रेस काउन्सिल नेपालका सदस्य माधव शर्मा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिक, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य राज शर्मा, प्रेस चौतारी कास्की अध्यक्ष श्याम कुवँर, प्रेस युनिय कास्कीका सहसचिब ऋषिकान्त पौडेल लगाएतले हत्याराको खोजी कार्य गरि कार्वाहीको माग गरेका थिए ।

कमेन्टहरु
Loading...