नेवि संघद्धारा आधा घण्टा चक्का जाम

पोखरा, माघ । पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै तथा महिला हिंसा अन्त्यको माग गर्दै नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यक्रम अन्र्तगत पोखरा नगर समितिको आयोजनामा पोखराको भिमसेन चोक (महेन्द्रपुल) मा विरोध स्वरुप चक्का जाम तथा विरोध सभा सम्पन्न गरेको छ ।
नेपाली काँगे्रस पार्टी कार्यलय चिप्लेढुङ्गाबाट हत्यारालाई कारवाहीको माग महिला हिसां अन्त्यको माग ¥याली भिमसेन चोकमा पुगेको थियो । नगर सभापती प्रदीप गौतमको संयोजनमा आयोजना भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै ने.वि. संघका जिल्ला सभापती कल्याणवाबु भण्डारीले परत्रकार डेकन्द्र थापाको हत्यामा संग्लग्नलाई कारवाहीको माग तथा वर्तमान भट्टराई सरकारको अभिलम्व राजीनामाको माग गर्दै ने.वि.संघ सडकमा ओर्लीएको बताउँदै ने.वि. संघ प्रेस स्वतन्त्रताको सदा सम्मान तथा कदर गर्ने बताए ।

कमेन्टहरु
Loading...