नेपाल फिफा बरियातमा तल खस्यो ! दक्षिण एसियामा यति स्थानमा पर्यो

पौष ६/ फिफाले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार नेपाल एक स्थान खस्किएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको अपडेटअनुसार एक स्थान तल झरेर नेपाल १७१औं स्थानमा पुगेको छ ।

भारत १०५ औं र माल्दिभ्स १५५ औं स्थानमा रहेर दक्षिण एशियामा क्रमसः शीर्ष र दोस्रो स्थानमा छन भने नेपाल तेस्रो स्थानमा छ । त्यसैगरी २ स्थान तल झरेको भुटान १८७ औं, ५ स्थान खस्किएको बंगलादेश १९७औं, श्रीलंका २००औं र पाकिस्तान २०१औं स्थानमा छन् ।

 

कमेन्टहरु
Loading...