नेपाललाइ एसिसी यु१६ च्याम्पियनसिपको उपाधी

काठमाडाै , २ पुस नेपालले थाइल्याण्डमा जारी एसिसि यु १६ पूर्व क्षेत्रिय क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ।

आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.५ ओभरमा सबै विकेट गुमाउँदै ११२ रन मात्र बनाउन सक्यो। उसका लागि साहीहर्स भनुगोपालले सर्वाधिक ३१ रन बनाए। इसान सानेलाई १२, राउल शर्माले १५ रन बनाए। उनीबाहेक अरूले खासै राम्रो खेलन सकेनन्।

कमेन्टहरु
Loading...