नेपालमा दश वर्ष सम्म एक दलले मात्र शासन गर्न सक्दैनः सापकोटा

पोखरा, १५ भाद्र / एकिकृत नेकपा माओवादीका प्रवत्ता तथा पूर्व सुचना तथा सञ्चार मन्त्री अग्नीप्रसाद सापकोटाले नेपालमा दश वर्ष सम्म कुनै एक दलले मात्र सासन गर्न नसक्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ कास्कीको तेश्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै सापकोटाले नेपालमा सहमतिको राजनीतिक आवश्यक भएकाले दश वर्ष सम्म नेपालमा कुनै एकदलले सासन गर्न नसक्ने ठोकुवा गरे ।

मुलुकलाई ठुलो खाडलमा फस्नवाट जोगाउन पनि सहमतिको राजनीति आवश्यक भएकोे बताउदै उनले एक दलले शाशन गर्ने सपना नदेखे हुने बताए । उनले दलहरु वीच सहमती हुन नसके देश ठुलो दुर्घटनामा फस्ने भएकाले पनि देशलाई दुर्घटनाबाट जोगाउनका लागि सहमतिको विकल्पै नभएको बताए ।

उनले सहमतिका लागि आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले कि संविधान सभाको पुनस्र्थापना कि सहमतिका साथ नया चुनावको विकल्प अघि सारेको बताए । कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सम्मेलन समितिका संयोजकगोविन्द आचार्यले पत्रकारीता क्षेत्रमा रहेका सवै संघ संस्थाहरुको सहकार्यमा वृहत सञ्चार आन्दोलन गर्नुपर्ने बताए ।

कमेन्टहरु
Loading...