दोश्रो वार्षिकोत्सवमा वादविवाद प्रतियोगिता सम्पन्न

पोखरा, २३ माघ/रेडियो छुनुमुनुले आफ्नो दोश्रो वार्षिकोत्सवका अवसरमा आज माध्यामिक विद्यालय स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ । कास्की जिल्लामा रहेका सरकारी, नीजि तथा सामुदायिक गरी २९ विद्यालयको सहभागिता रहेको वादविवाद प्रतियोगितामा असल मान्छे हुने कि ठूला मान्छे तथा उच्च शिक्षा स्वेदश कि विदेशमा शिर्षकमा सहभागी छात्रछात्राले आफ्ना तर्क वितर्क पेश गरेका थिए ।

प्रतियोगिताको नतिजा माघ २४ गते प्रकाशन गरिने तथा समापन कार्यक्रमका अवसरमा माघ २५ गते पुरस्कार वितरण गरिने छुनुमुनु पव्लिकेशन लिमिटेडले जनाएको छ । वाद विवाद प्रतियोगितामा कार्यक्रमका निर्णायक संयोजकका तर्फबाट गण्डकी आवासिय विद्यालयका सहायक प्राचार्य शिवलाल धितालले छुनुुमुनु पव्लिकेशन लिमिटेडले आफ्नो वार्षिकोत्सवका अवसरमा बालबालिका केन्द्रित कार्यक्रम गरी छुनुमुनु बालबालिका प्रति पूर्ण रुपमा क्रियाशील भएको नमूना पेश गरेको वताउनु भयो ।

कार्यक्रममा छुनुमुनुका प्रबन्ध निर्देशक रबिराज बसौलाले बालबालिकालाई स्वेदशमै पढ्ने भावनाको विकास होस् भन्ने भावना सहित बालबालिकालाई असल मान्छे बन्ने प्रेरणा मिलोस भनेर यि विषयमा वादविवाद गराएको वताउनु भयो ।

कमेन्टहरु
Loading...