दुवै मृगौलापीडित किशोरको उपचारमा सहयोग आउने क्रम जारी

पोखरा, २३ फागुन। दुवै मृगौला बिग्रिएर उपचारकोखोजीमा रहेका धादिङ जिल्ला खाल्टे गाविस वडा नं. ७ घर भइ पोखरा–६ बैदामस्थित तालबाराही उमावि कक्षा १० मा अध्ययनरत १७ वर्षे एक किशोर समीर गुरुङको उपचारको विभिन्न व्यक्रि तथा सङ्घसंस्थाबाट सहयोग आउने क्रम जारी छ। मड्डलबार क्यूपेक नेपाल वडा समिति पोखरा–६ को सक्रियतामा नौ हजार, होटल मिडल पथबाट तीन हजार, होटल रिभर पार्कबाट दुई हजार, होटल रिभर पार्कका स्टापबाट सात सय, अन्तवीर श्रेष्ठबाट एक हजार पाँच, चुरामणि दाहाल (राजु) बाट पाँच सय ५५ र गोमा रानाभाटबाट पाँच सय पाँच रुपैयाँ प्राप्त भएको सूर्यनाथ (एकराज) पहारीले जानकारी दिए। उनले सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरेका छन्।

आर्थिक स्थिति अत्यन्तै कमजोर भएको परिवारमा उनका बुबा दूधबहादुर कार्पेन्टर हुन् भने आमा बुद्धिमाया गृहिणी हुन्। हाल गण्डकी मेडिकल कलेज (चरक हस्पिटल) नयाँबजारमा उपचार गराउँदै आइरहेका समीरको हप्तामा दुईपटक डायलोसिस गर्नुपर्ने हुन्छ।एकपटकको डायलोसिसमा रु.२८ सय खर्च लाग्ने गर्छ। उनको उपचारमा सहयोग गर्न चाहनेका लागि बुबा दूधबहादुर गुरुङको नाममा एच एण्ड बी डेभलपमेन्ट बैड्ढमा ००२११००००८१०४९०००००१ नम्बरको बचत खाता खोलिएको छ। साथै ९८५६०–२३२१३ सूर्यनाथ (एकराज) पहारीसँग समेत सम्पर्क राख्न सकिने परिवारले जनाएको छ

कमेन्टहरु
Loading...